ad ad

राजनीति


संविधानले सबै वर्ग र क्षेत्रका नागरिकको हक अधिकार स्थापित गरेको छ: मुख्यमन्त्री पोखरेल

संविधानले सबै वर्ग र क्षेत्रका नागरिकको हक अधिकार स्थापित गरेको छ: मुख्यमन्त्री पोखरेल

प्रकाश न्यौपाने
असोज ३, २०७७ शनिबार ७:२०,

प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले संविधानले सबै नागरिकको हक–अधिकार सुनिश्चित गरेको बताएका छन्।

संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पाखरेलले भनेका छन्, ‘नयाँ संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विधिवत रुपमा संस्थागत गरेको छ। संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी संविधानले सबै तह तप्का, वर्ग र क्षेत्रका नागरिकको हक अधिकार स्थापित गरेको छ।’

नेपाली जनताले लामो समयदेखि गर्दै आएको एकताबद्ध संघर्षबाट वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भई नागरिकले शासनव्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीे निर्माण गर्न सम्भव भएको मुख्यमन्त्रीले जनाएका छन्।

‘संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित गर्दै हामी अघि बढिरहेका छौं। संघीय लोकतान्त्रिक गणतन्त्र नागरिकको जीवनपद्धती र शैलीका रुपमा स्थापित गर्न हामी सबैको साझा संकल्प हुनुपर्छ। कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा संविधान स्थापित भएको छ’, मुख्यमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ।

यतिबेला संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयनको महत्वपूर्ण चरणमा मुलुक रहेको जनाउँदै पोखरेलले संविधान कार्यान्वयन गर्दै नागरिकको विकास र समृद्धिप्रतिको आकांक्षा पूरा गर्न दृढसंकल्पित भएर लाग्ने जनाएका छन्। संघीयताको व्यवहारिक कार्यान्वयन गर्दै नागरिकको विकास र समृद्धिको आकांक्षालाई पुरा गरी मुहारमा उज्यालो छर्न सबैको सकारात्मक पहलकदमी र सहयोग आवश्यक रहेको पाखरेलको भनाई छ। ‘संविधान दिवसले हामी सबैलाई त्यस दिशामा अघि बढ्न अवश्य प्रेरित गर्ने छ। राष्ट्रिय एकताको जगमा नै मुलुकको विकास र समृद्धिको गतिशील यात्रा सम्भव छ’, पोखरेलले भनेका छन्।

मुख्यमन्त्रीले कोरोनासँग जुध्दै दैनिकीलाई नियमित गर्न र गराउन अझ उच्च सतर्कता अपनाउन आवश्यक रहेकोसमेत शुभकामना सन्देशमा जनाएका छन्। ‘कोरोनाविरुद्ध सरकारले चालेका हरेक कदम नागरिकको जीवन रक्षाका लागि हो। कोभिड—१९ को जोखिमबाट नागरिकलाई जोगाउन तहगत सरकारहरुले काम गरिरहेका छन्। सरकारले गरिरहेको कामलाई अझ प्रभावकारी बनाउन नागरिकको सार्थक सहयोग आवश्यक छ। सरकारले चालेका कदमप्रति नागरिकको सार्थक सहयोगबाट मात्रै यो माहामारीलाई जित्न सकिन्छ’, पोखरेलले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .