ad ad

राजनीति


राष्ट्रियसभा सदस्यमा मनोनीत वामदेव गौतमको शपथग्रहण ४ बजे

राष्ट्रियसभा सदस्यमा मनोनीत वामदेव गौतमको शपथग्रहण ४ बजे

नेपालखबर
असोज १, २०७७ बिहिबार ९:२२,

सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा मनोनयन भएका वामदेव गौतमले सांसदको पद तथा गोपनीयताको शपथ आज अपराह्न ४ बजे लिने भएका छन्।

संसद् सचिवालयका अनुसार आज अपराह्न ४ बजे संसदको कृषि समितिको सिंहदरबारस्थित हलमा शपथग्रहण कार्यक्रम राखिएको छ।

भदौ २९ गते बसेको मन्त्रिपरिषद्को नियमित बैठकमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाको एक पदमा गौतमको नाम नियुक्त गर्न सिफारिस गरेको थियो।

सिफारिस भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी थिइन्। गौतमलाई नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम सरकारको सिफारिसमा माथिल्लो सदनको सदस्यमा राष्ट्रपतिबाट मनोनीत भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

नेकपाको फागुन १४ गते बसेको बैठकले गौतमलाई राष्ट्रपतिले नियुक्त गर्ने एक पदमा नियुक्त गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। पार्टी निर्णयको ७ महिनापछि सो निर्णय कार्यान्वयन भएको छ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित गौतमले त्यसयता थुप्रैपटक सांसद बन्ने प्रयत्न गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .