ad ad

राजनीति


दलितलाई कमजोर देखाएर राजनीति नगर्न मन्त्री गुरुङको आग्रह

दलितलाई कमजोर देखाएर राजनीति नगर्न मन्त्री गुरुङको आग्रह

नेपालखबर
भदौ ३१, २०७७ बुधबार ८:२,

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले दलित मुक्ति आन्दोलनलाई सफल बनाउन उनीहरुको आर्थिक सशक्तिकरणमा जोड दिनुपर्ने बताएका छन्।

मन्त्री गुरुङले दुर्गम क्षेत्रका अशिक्षित, गरिब दलितहरुलाई आर्थिक रुपले सशक्त नबनाई उनीहरुको मुक्ति सम्भव नहुने पनि स्पष्ट पारे।

‘आज दलितहरु, जनजातिहरु, महिलाहरु समाजमा जसरी पिल्सिएर बसेका छन,’ मन्त्री गुरुङले भने, ‘उनीहरुको मुक्तिका लागि आर्थिक सशक्तिकरणमा जोड दिनुको विकल्प छैन।’

दलित सेवा संघको २६ औं स्थापना दिवसको अवसर पारेर आयोजित ‘भर्चुअल’ बैठकमा बोल्दै उनले दलितहरुलाई कमजोर देखाएर राजनीति नगर्न पनि सचेत गराए।

मन्त्री गुरुङले मुक्ति आन्दोलनलाई सफल बनाउन एकतावद्ध भएर अघि बढन पनि दलित समुदायका अगुवाहरुलाई आह्वान गरे। ‘राजनीतिक परिवर्तन भयो तर अझै पनि सामाजिक रुपान्तरण किन भएन? समाजमा विभेदहरुको अन्त्य भएन, सामाजिक कुरीति र अन्धविश्वासको किन अन्त्य भएन? त्यसको कारणहरुको खोजी गरेर मात्रै दलित मुक्ति आन्दोलनलाई सफल बनाउन सकिने मन्त्री गुरुङको भनाइ थियो।

मन्त्री गुरुङले सामाजिक रुपान्तरणको माध्यामबाट ओझेलमा परेका दलितहरुको मुक्तिका लागि सरकार लागि परेको पनि बताए। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले दलित समूदायको सशक्तिकरणमा केन्द्रित हुन सरकारको ध्यानाकर्षण गराए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .