ad ad

राजनीति


भारतीय रक्षामन्त्री भन्छन्ः जुन १५ को झडपमा चीनतर्फ पनि ठूलो क्षति भएको थियो

भारतीय रक्षामन्त्री भन्छन्ः जुन १५ को झडपमा चीनतर्फ पनि ठूलो क्षति भएको थियो

नेपालखबर
भदौ ३०, २०७७ मंगलबार १०:३३,

मंगलबार संसदमा बोल्दै सिंहले चिनियाँ सेनालाई भारतीय सेनाले कडा प्रतिक्रिया जनाउने क्रममा चिनियाँतर्फ ठूलो क्षति भएको बताएका हुन्।

लद्दाख नजिकैको विवादित क्षेत्र गलवान उपत्यकामा गत जुनमा भारतीय र चिनियाँ सेनाबीच झडप हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो। यस्तै ७६ जना भारतीय सेना घाइते भएका थिए।

तर चिनियाँ सेनाबारे भने चीनले कुनै जानकारी दिएको थिएन। भारतीय अधिकारीहरुले ४० भन्दा बढी चिनियाँ सेनाको मृत्यु भएको बताएपनि त्यो विषय चीनले अस्वीकार गरेको थियो।

घटना भएको ठिक ३ महिनापछि भारतका रक्षामन्त्री सिंहले चीनका सेनामा पनि ठूलो क्षति भएको बताएका हुन्। त्यसबेला दुवै देशका सेनाले एक अर्कालाई सिमानामा मिचेको आरोप लगाएका थिए।

मंगलबार संसदमा भने सिंहले चिनियाँ सेनाले वास्तविक नियन्त्रण रेखा एलएसीको यथास्थिती परिवर्तन गर्न खोज्दा झडप भएको आरोप लगाए।

चिनियाँ उक्साहटका कारण त्यसबेला झडप भएको सिंहको भनाइ छ। उनले आफ्ना बहादुर सिपाहीले ज्यान बलिदान दिएर सीमाको रक्षा गर्न सफल भएको बताए।

सो क्रममा सिंहले हाल लद्दाख नजिकका सिमानमा पर्याप्त सेना परिचालन गरिएको पनि जानकारी दिए। उनले उल्लेख्य हतियार र सेना सो क्षेत्रमा तैनाथ गरेको बताउँदै चिनियाँ खतराको सामना गर्न तयार भएको पनि बताए।

हाल स्थिती नियन्त्रणमा भएको बताउँदै सिंहले हालै चीनसँग भएको सम्झौताबारे पनि जानकारी दिए।

उनले भारत र चीनबीच विवाद साम्य बनाउने सहमति भएको उल्लेख गर्दै अब शान्तिपूर्ण छलफलले समस्याको समाधान निकाल्ने बताए। बीबीसीहिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .