ad ad

राजनीति


प्रतिवेदनमा छुटेको जनयुद्ध शब्द राखेर जारी गरियो नेकपा सर्कुलर

प्रतिवेदनमा छुटेको जनयुद्ध शब्द राखेर जारी गरियो नेकपा सर्कुलर

नेपालखबर
भदौ ३०, २०७७ मंगलबार ८:३२,

सशस्त्र आन्दोलनको स्थानमा जनयुद्ध शब्द राखेर सत्तारुढ नेकपाले अन्तरपार्टी सर्कुलर जारी गरेको छ।

अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार जारी गरेको अन्तरपार्टी निर्देशन–५ मा सशस्त्र आन्दोलनको ठाउँमा जनयुद्ध शब्द उल्लेख गरेका हुन्।

अन्तरपार्टी निर्देशनको बुँदा ६ को ६.३ मा लेखिएको छ, ‘महाधिवेशनबाट माक्र्सवाद–लेनिनवादको मार्गदर्शनमा नेपाली विशेषताअनुरूप नेपाली कम्युनिष्ट आन्दोलनले विकसित गरेका अनुभव तथा मौलिक एवम् सिर्जनात्मक
सिद्धान्तहरूलाई संस्थागत गर्ने। यसक्रममा साविक नेकपा (एमाले)को नेतृत्वमा सञ्चालित शान्तिपूर्ण जनआन्दोलन र नेकपा (माओवादी)को नेतृत्वमा सञ्चालित सशस्त्र जनयुद्धका सकारात्मक वैचारिक पक्षहरूको संश्लेषण गर्ने।’

तत्कालीन एमाले र माओवादीबीच एकता भई बनेको एकीकृत पार्टी नेकपाको अन्तरिम विधानमा पनि माओवादीले २०५२ साल फागुन १ गते सुरु गरेको आन्दोलनलाई जनयुद्ध नै भनिएको छ।

तर, बैशाखदेखि पार्टीभित्र चुलिएको तीव्र विवादको समाधान खोज्न साउन ३० गते गठन गरिएको ६ सदस्यीय समस्या समाधान सुझाव कार्यदलले बुझाएको १७ पृष्ठ लामो प्रतिवेदनमा भने जनयुद्धको भन्ने शब्दको ठाउँमा सशस्त्र आन्दोलन उल्लेख गरिएको थियो।

सो प्रतिवेदनमा जनयुद्ध शब्दको सट्टा सशस्त्र आन्दोलन उल्लेख गरेको पाएपछि पूर्वमाओवादी नेताहरुले त्यसप्रति आपत्ति जनाएका थिए।

याे पनि: ओली–प्रचण्डको संयुक्त प्रस्तावमा ‘जनयुद्ध’ गायब, बैठकमा कुरा उठाउने तयारीमा पूर्वमाओवादी नेता

भदौ ७ गते बुझाइएको सो प्रतिवेदनलाई परिमार्जन गरेर ओली र प्रचण्डले १५ पृष्ठको विवाद समाधानको प्रस्ताव भदौ २६ गते बसेको स्थायी समितिसमक्ष पेश गरेका थिए।

स्थायी समितिबाट पारित सोही प्रस्तावलाई ओली प्रचण्डले अन्तरपार्टी सर्कुलर बनाई तल्लो तहसम्म पठाएका हुन्। निर्देशनमा ओली र प्रचण्ड दुबैको हस्ताक्षर छ।

माओवादीले सुरु गरेको जनयुद्धलाई हेर्ने विषयमा तत्कालीन एमालेका नेताहरुको फरक धारणा रहेको छ। जनयुद्ध शब्द राख्ने कि नराख्ने विषयमा नेकपाभित्र तीव्र विवाद भएको थियो।

विवादकै कारण पार्टी एकतापछि राजनीतिक प्रतिवेदन प्रकाशित गर्न पनि केहि समय लागेको थियो।

त्यसैगरी, १० वर्षे माओवादी सशस्त्र द्वन्द्वलाई जनयुद्ध भन्ने कि नभन्ने भनी संविधान निर्माण प्रक्रियाका बेला संविधान सभाभित्र पनि निकै रस्साकस्सी भएको थियो।

संविधान सभामा भने गैरमाओवादी दलहरु त्यसबिरुद्ध उभिएपछि सो शब्दले बहुमत पाउन सकेको थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .