ad ad

राजनीति


रेलमार्ग ठेक्का रद्द गरेकाेमा राप्रपा अध्यक्ष थापाद्वारा प्रधानमन्त्री ओलीकाे प्रशंसा

रेलमार्ग ठेक्का रद्द गरेकाेमा राप्रपा अध्यक्ष थापाद्वारा प्रधानमन्त्री ओलीकाे प्रशंसा

नेपालखबर
भदौ २३, २०७७ मंगलबार ७:३८,

विवादित रेलमार्ग ठेक्का रद्द गर्ने सरकारको निर्णयको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले स्वागत गरेका छन्।

उनले त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिनुका साथै ‘यसैगरी भ्रष्टाचारका अन्य काण्डमा समेत प्रमले हस्तक्षेप गर्न’ प्रधानमन्त्रीसँग अपेक्षा गरेका छन्।

‘अनियमितता र भ्रष्टाचारको कारण विवादमा परेको काँकडभिट्टा-इनरुवा रेलमार्ग निर्माणको ठेक्का रद्द गर्ने सरकारको निर्णय स्वागतयोग्य छ,’ थापाले ट्विटमा भनेका छन्।

सर्वत्र चर्को आलोचना भएपछि सरकारले पूर्व -पश्चिम रेलमार्गको काँकडभिटा-इनरुवा खण्ड निर्माणको विवादित ठेक्का रद्द गरेको हो।

रेल विभागले मंगलबार सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का रद्द गरिएको जानकारी दिएको छ।

याे पनि: 
सर्वत्र आलोचनापछि रेल मार्गको विवादित ठेक्का रद्द

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .