पत्रकार जमाल खसोग्गीको हत्यासम्बन्धी मुद्दामा साउदी अरबको एक अदालतले ८ जना दोषीविरुद्ध अन्तिम फैसला सुनाएको छ।
जसमध्ये ५ जनालाई २० वर्ष सजाय सुनाइएको छ। रियाद क्रिमिनल कोर्टले १ जनालाई १० र बाँकी ३ जनालाई ७ वर्षको जेल सजाय सुनाइएको हो।
२० वर्ष जेल सजाय सजाय सुनाइएका ५ दोषीलाई खसोग्गीका छोराहरुले माफी दिएका थिए। अन्याथा उनीहरुले मृत्युदण्ड भोग्नुपर्ने थियो।
सजाय पाउनेहरुमा कोही उच्चपदस्थ व्यक्ति छैनन्। तर, वासिङ्टन पोस्टका स्तम्भकार खसोग्गीको हत्या युवराज मोहम्मद बिन सलमानकै आदेशमा भएको आरोप लाग्दै आएको छ। एजेन्सी
२ अक्टोबर २०१८ मा टर्कीको स्तानबुलस्थित साउदी महावाणिज्यदूतावासभित्र प्रवेश गरेका बेला साउदी अरबका एजेन्टहरुले उनको हत्या गरी लास गायब बनाएका थिए। सुरुमा साउदी अरबले यसबारे केही थाहा नभएको बताएपनि पछि हत्या स्वीकार गरेको थियो। एजेन्सी
प्रतिक्रिया