ad ad

राजनीति


राष्ट्रिय सभामा मनोनयनलगायत विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक सुरु

राष्ट्रिय सभामा मनोनयनलगायत विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक सुरु

नेपालखबर
भदौ १८, २०७७ बिहिबार ९:४१,

सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

बैठकअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एकघन्टा छलफल भएको थियो।

पार्टी विवाद समाधानका लागि गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदन, राष्ट्रिय सभामा रिक्त रहेको एक सदस्य पदमा मनोनयनका लागि सिफारिश गर्ने विषय, कोरोना महामारी नियन्त्रण लगायतका एजेण्डामा बैठकमा छलफल हुने नेताहरुले बताएका छन्।

केहि महिनापहिले बसेको सचिवालय बैठकले राष्ट्रियसभामा मनोनित गर्ने एक सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्ने भनी गरेको निर्णय कार्यान्वयन गर्ने वा अर्थमन्त्री डा. युवराज खतिवडालाई नै गर्ने भन्ने विषय टुंगो लागेको छैन।

गौतमले आफूलाई सिफारिश गर्ने पहिलेको निर्णय कार्यान्वयन हुनुपर्ने माग गरेका छन् भने खतिवडालाई नै निरन्तरता दिने प्रधानमन्त्रीको चाहना छ।

तर अरु नेताहरु भने गौतमलाई सिफारिश गर्ने यसअघिको निर्णय कार्यान्वयन गर्ने पक्षमा देखिन्छन्।

बिहान ११ बजे बस्ने तय भएको बैठक आन्तरिक तयारी गर्न भन्दै ३ बजेलाइ सारिएको थियो।

याे पनि: 
राष्ट्रिय सभा मनोनयन : पहिलो रोजाइमा खतिवडालाई नै राखेका ओलीको यस्तो छ नयाँ रणनीति
राष्ट्रिय सभा सदस्यमा गौतमको अडानले फेरि अप्ठेरोमा ओली
राष्ट्रिय सभामा जाने वामदेवको चाहना : होला त पार्टी निर्णयको कार्यान्वयन?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .