ad ad

राजनीति


चीनको चेतावनी बाबजुद ताइवान स्ट्रेट पुग्यो अमेरिकी युद्धपोत, विवाद झनै चर्कने खतरा

चीनको चेतावनी बाबजुद ताइवान स्ट्रेट पुग्यो अमेरिकी युद्धपोत, विवाद झनै चर्कने खतरा

नेपालखबर
भदौ ३, २०७७ बुधबार ११:४५,

ताइवान स्ट्रेट चीन र ताइवानबीचको सामुद्रिक सीमा हो। चीनले सुरुवातदेखि ताइवान र दक्षिण चीन सागरको विषयमा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिँदै आएको छ।

तर अमेरिकाले भने दक्षिण चीन सागरमा चीनको दाबी अवैधानिक ठहर गरेको छ, साथै वासिङ्टनले ताइवानलाई स्वतन्त्र देश भएको बताउँदै आएको छ।

खुला तथा स्वतन्त्र इन्डो–प्यासिफिक प्रतिवद्धता अनुसार अमेरिकाले ताइवान स्ट्रेटमा युद्धपोत पठाएको जनाएको छ।

अमेरिकी युद्धपोत ताइवानको जलक्षेत्र हुँदै चीनको सीमा नजिक पुगेर फर्किएको थियो। यूएस प्यासिफिक फ्लिटका अनुसार मिसाइल डिस्ट्रोयर यूएसएस मस्टिन युद्धपोत चीनको सीमा नजिक पुगेको थियो।

चीनले ताइवान आफ्नो देशको हिस्सा भएको दाबी गर्दछ। यद्यपी ताइवानले आफू स्वतन्त्र मूलुक भएको बताउँछ।

चीन विरोधी अमेरिकाले ताइवानलाई छुट्टै देशको दर्जा दिएको छ। यसबीचमा चीनले भने आफूले ताइवानलाई आक्रमण गरेर कब्जा गर्नसक्ने चेतावनी दिँदै आएको छ।

पछिल्लो समय ताइवानले चीनको एक देश दुई प्रणालीलाई नपछ्याउने बताइरहँदा चीन यस टापु राष्ट्रसँग रुष्ट छ।

हाल चीन र ताइवानका सेनाहरुले सीमा क्षेत्रमा सैन्य गतिविधिहरु बढाउन थालेका छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङले त ताइवान छुट्याउन चाहने शक्तिबाट खतरा उत्पन्न भएकाले आफ्ना सेनालाई युद्धको लागि तयार हुन निर्देशन दिइसकेका छन्।

यसबीचमा ताइवानले आफ्नो भूमि रक्षा गर्नेभन्दै अत्याधुनिक हतियारहरु तैनाथ गर्न थालेको छ।

ताइवानलाई अमेरिकाले साथ दिँदै आएको छ। ताइवानमा अमेरिकी गतिविधी बढेपछि चीन अमेरिकासँग रुष्ट छ।

आफूले दाबी गरेको क्षेत्र हुँदै अमेरिकी युद्धपोत आफ्नै सीमा नजिक आएपछि चीन क्रद्ध बनेको छ। चीन र अमेरिकाबीचको विवाद झनै चर्कने अनुमान गरिएको छ। एससीएमपी

यो पनिः ‘चिनियाँ जनमुक्ति सेनाको चरणबद्ध सैन्य अभ्यास ताइवान कब्जा गर्ने योजना’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .