ad ad

राजनीति


गृहमन्त्री थापाको कोरोना रिपोर्ट नेगेटिभ

गृहमन्त्री थापाको कोरोना रिपोर्ट नेगेटिभ

नेपालखबर
साउन २४, २०७७ शनिबार ७:४३,

गृहमन्त्री रामबहादुर थापाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

बुधबार साँझ प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भएसँगै उनीसँग भेटघाट गरेका गृहमन्त्री थापासहित अन्य प्रदेशका मन्त्रीहरुको कोरोना परीक्षण गरिएको थियो।

कोरोना परीक्षणका लागि गृहमन्त्री थापाले बिहीबार स्वाब दिएका थिए। शनिबार उनको रिपोर्ट नेगेटिभ आएको गृहमन्त्री थापाको सचिवालयले जनाएको छ।

‘सम्पर्कमा रहेका प्रदेश २ का मन्त्रीलाई कोरोना पुष्टि भएपछि गृहमन्त्रीज्युले बिहीबार स्वाब परीक्षणका लागि दिनुभएको थियो, शनिबार बिहान आएको उहाँको रिपोर्ट नेगेटिभ छ’, सचिवालएका एक सदस्यले नेपालखबरसँग भने।

कोरोना संक्रमित भएपछि मन्त्री यादव आफ्नै घरमै आइसोलेसनमा बसेका छन्।

झण्डै एक हप्ताअघि मन्त्री यादव काठमााडैंमा प्रधानमन्त्री केपी शर्मा ओली लगायतसंग उच्चस्तरीय भेटघाट गरेर प्रदेश फर्किएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .