ad ad

राजनीति


उद्धार गर्न बाँकी देशबाट श्रमिक ल्याउन प्राथमिकता, यस्ता छन् सीसीएमसीका निर्णयहरु

उद्धार गर्न बाँकी देशबाट श्रमिक ल्याउन प्राथमिकता, यस्ता छन् सीसीएमसीका निर्णयहरु

नेपालखबर
साउन ४, २०७७ आइतबार १०:१४,

कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिले धेरै संख्यामा नेपाली रहेका देशहरुमा उद्धार उडानलाई प्राथमिकता दिने निर्णय गरेको छ।

आइतबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले धेरै श्रमिकलाई उद्धार गर्न बाँकी रहेका देशहरुबाट श्रमिकहरुलाई ल्याउन हवाई उडानलाई प्राथमिकता दिने निर्णय गरेको हो।

सरकारले विभिन्न देशबाट अलपत्र नागरिकलाई उद्धार गरिरहेको अवस्थामा ठूलो संख्यामा नेपाली रहेका देशबाट उद्धार गर्न हवाई उडानलाई प्राथमिकता दिने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए। कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लक डाउनको सन्दर्भमा परिमार्जन गर्न सम्बन्धित मन्त्रालयबाट मन्त्रिपरिषदमा प्रस्ताव लैजाने गरी छलफल गर्ने निर्णय भएको उनले बताए।

उनले भने, ‘संक्रमणको संख्यामा हाल केही कमी हुँदै गएको र निसंक्रमणको संख्या बढ्दै गएको हुनाले यसलाई नियन्त्रित रुपमा राख्नुपर्ने नै विश्लेषण भएको छ। साउन ६ गतेसम्म लकडाउन कायम गर्ने नेपाल सरकारको निर्णय छ। त्यो निर्णयलाई परिमार्जन गर्न के कस्ता क्रियाकलापहरु गर्न सकिन्छ अथवा यसलाई कसरी लानुपर्छ भन्ने विषयमा फेरि छलफल गरेर नेपाल सरकार मन्त्रिपरिषदमा सम्बन्धित मन्त्रालयबाट प्रस्ताव लैजाने गरी निर्णय भएको छ।’

विदेशबाट श्रमिक ल्याउने निर्णयबारे उनले थपे, ‘श्रमिकहरु जुन मुलुकबाट धेरैजना आउन बाँकी रहेका छन् ती मुलुकहरुबाट श्रमिकहरु ल्याउनलाई हवाई उडानको प्राथमिकरण राख्ने भन्ने भएको छ।’

क्वारेन्टिनमा रहेकाहरुकाे संख्या घट्दै गएकाले पीसीआर परीक्षणको संख्या पनि घटेको गुरागाईंले बताए। उनले आवश्यकता अनुसार पीसीआर परीक्षणको दायरा बढाउन सक्ने अवस्थामा स्वास्थ्य मन्त्रालय रहेको जानकारी दिए।

उनले भने, ‘अहिले क्वारेन्टिनमा रहेको संख्या नै घट्दै गएको छ। अहिले परीक्षण गर्दा अस्ति धेरै देखिएको टेस्टको नतिजा आउन बाँकी रहेर अहिलकति संख्या धेरै भएको थियो। अहिले जति आवश्यकता छ आवश्यकता अनुसार पीसीआरको परीक्षणको काम भइराखेको छ। क्रमशः आवश्यकता अनुसार जति आवश्यक हुन्छ त्यो अनुसार पीसीआर परीक्षण गर्ने अवस्थामा स्वास्थ्य मन्त्रालय रहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .