ad ad

राजनीति


बालुवाटारमा नेकपा सचिवालय बैठक जारी

बालुवाटारमा नेकपा सचिवालय बैठक जारी

नेपालखबर
साउन ३, २०७७ शनिबार ९:४०,

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ।

पार्टीभित्र जारी विवाद हल गर्नका लागि स्थायी समिति बैठक रोकेर सचिवालयको बैठक बालोइएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो सवा ३ बजेबाट बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए।

सचिवालय बैठकअगाडि सहमति जुटाउनका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच करिव दुई घण्टा छलफल भएको थियो। छलफलमा कुनै सहमति भए नभएको बारे केही नबताइएको प्रचण्डका प्रेस सहयोगी सापकोटाले बताए।

‘दुई अध्यक्षबीचको छलफललगत्तै सचिवालय बैठक सुरु भएको छ’, सापकोटाले नेपालखबरसँग भने, ‘कुनै सहमति भए÷नभएकोबारे केही बताइएको छैन।’

१० असारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपामा विवाद चुलिएको छ।

असार १८ गतेपछि स्थायी समितिको बैठक बस्न सकेको छैन। सहमतिका लागि भन्दै यसअघि असार २०, २२ र २४ र पछिल्लो पटक साउन २ गते गते बोलाइएको बैठक पनि स्थगित गरिएको थियो।

बैठक स्थगित गरेर अध्यक्षद्वयबीच पटकपटक छलफल भए पनि अहिलेसम्म कुनै सहमति हुन सकेको छैन। दुई अध्यक्षबीच शुक्रबार भएको छलफलमा स्थायी समिति बैठक स्थगित गरेर सचिवालय बैठक बोलाउने सहमति भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .