ad ad

राजनीति


सचिवालय बैठकअघि ओली–प्रचण्ड वार्ता

सचिवालय बैठकअघि ओली–प्रचण्ड वार्ता

नेपालखबर
साउन ३, २०७७ शनिबार ८:२८,

सत्तारुढ नेकपाको सचिवालय बैठकअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा अ‍ोली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन्।

ओली र प्रचण्डबीच अहिले करिब सवा १ बजेदेखि बालुवाटारमा छलफल भइरहेको नेकपा सचिवालयका एक सदस्यले बताए। सचिवालय बैठक आज ३ बजे बालुवाटारमै बस्दैछ।

‘सचिवालय बैठकअघि सहमति जुट्छ कि भनेर दुई अध्यक्षबीच छलफल भएको हो, तर अझै पनि त्यो सम्भावना कम छ’, सचिवालयका एक सदस्यले भने।

सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै प्रचण्ड र माधव नेपाल समूहले ओलीको राजीनामा मागेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ।

सचिवालय र स्थायी समितिले विवादको समाधान खोज्न असफल भएपछि केन्द्रीय समिति बैठक आयोजना गर्न केही दिनअघि दुवै पक्ष तयार भएका थिए।

प्रधानमन्त्री ओली केही लचिलो भएपछि फेरि सचिवालयमै फर्केर विवाद समाधान गर्ने गरी बैठक आयोजना गरिएको नेताहरूले बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .