ad ad

राजनीति


ओली–प्रचण्ड वार्ता सकियो

ओली–प्रचण्ड वार्ता सकियो

नेपालखबर
असार ३१, २०७७ बुधबार ९:५,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीचको आजको वार्ता सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटरमा बिहान साढे ११ बजे सुरु भएकाे बैठक दिउँसो साढे २ बजे सम्पन्न भएको हो।

अध्यक्षहरु ओली र प्रचण्डबीच भोलि फेरी छलफल हुने सापकोटाले बताए।

यसअघि दुई अध्यक्षबीच मंगलबार पनि छलफल भएको थियो। बुधबारको छलफलमा कुनै सहमति भए नभएको बारे केही खुलाइएको छैन।

असार १० गते सुरु भएको पार्टी स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो। स्थायी समिति बैठकमा बोल्ने अधिकांश नेताले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग गरेका थिए।

‘दुई अध्यक्षबीचको आजको वान–टु–वान छलफल सकिएको छ’, अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले नेपालखबरसँग भने।

यसअघि दुई अध्यक्षबीच मंगलबार पनि छलफल भएको थियो। बुधबारको छलफलमा कुनै सहमति भए नभएको बारे केही खुलाइएको छैन।

असार १० गते सुरु भएको पार्टी स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो। स्थायी समिति बैठकमा बोल्ने अधिकांश नेताले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग गरेका थिए।

पार्टीभित्र देखिएको विवाद समधानका लागि दुई अध्यक्षबीच निरन्तर छलफल हुँदै आए पनि अहिलेसम्म कुनै सहमति हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .