ad ad

राजनीति


बालुवाटारमा ओली–प्रचण्ड वार्ता

बालुवाटारमा ओली–प्रचण्ड वार्ता

नेपालखबर
असार ३१, २०७७ बुधबार ६:३७,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समधानका लागि भन्दै दुई अध्यक्षबीच वालुवाटारमा छलफल सुरु भएको छ।

बुधबार मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको प्रचण्डको सचिवालयले जनाएको छ।

‘पार्टीभित्र देखिएका विवाद समाधानका लागि आज पनि दुई अध्यक्षबीच वार्ता सुरु भएको छ’, प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले नेपालखबरसँग भने।

दुई अध्यक्षबीच मंगलबार भएको वार्ता पनि विनानिष्कर्ष टुंगिएको थियो।

असार १० गते सुरु भएको पार्टी स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो। स्थायी समिति बैठकमा बोल्ने अधिकांश नेताले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग गरेका थिए।

पार्टीभित्र देखिएको विवाद समधानका लागि दुई अध्यक्षबीच निरन्तर छलफल हुँदै आए पनि अहिलेसम्म कुनै सहमति हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .