ad ad

राजनीति


उइगरको मामिलामा हस्तक्षेप गरेको भन्दै चीनले अमेरिकी अधिकारीमाथि लगायो प्रतिबन्ध

उइगरको मामिलामा हस्तक्षेप गरेको भन्दै चीनले अमेरिकी अधिकारीमाथि लगायो प्रतिबन्ध

नेपालखबर
असार २९, २०७७ सोमबार १०:३०,

सिनजियाङ प्रान्तमा रहेका उइगरमाथि चीनले दमन गरेको र उनीहरुको अस्तित्व मेटाउने प्रयत्न गरेको भन्दै अमेरिकाले हालै सिनजियाङस्थित चिनियाँ कम्युनिस्ट पार्टीका प्रमुख चेन क्वानग्वोसहित सो क्षेत्रका तीन नेतालाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको थियो।

यसबचिमा चीनले पनि उइगर मुस्लिमको विषय चीनको आन्तरिक मामिला भएको भन्दै अमेरिकी उच्च अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको हो।

जस्तालाई त्यस्तै नीति अबलम्ब गर्दै चीनले सोमबार अमेरिकी सिनेटर मार्को रुबियो, टेड क्रुज तथा इन्टरनेसनल रिलिजियस फ्रिडमका लागि अमेरिकी राजदूत स्यामुल ब्राउनब्याक लगायत अन्यमाथि प्रतिबन्ध लगाएको छ।

Islamophobia in China - The Discrimination and Persecution of ...

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले अमेरिकी कार्यले चीन र अमेरिकी सम्बन्धलाई बिगारेको बताइन्।

चुनयिङले भनेकी छिन्,‘सिनजियाङ र उइगरको विषय चीनको आन्तरिक मामिला हो र अमेरिकालाई यस विषयमा हस्तक्षेप गर्ने कुनै अधिकार छैन।’

चीन सरकार आफ्नो सार्वभौमिकता सुरक्षा गर्न कटिबद्द रहेको उनको भनाइ छ।

उइगरमाथि दमन भएको भनेर विश्वव्यापी रुपमा आलोचना भइरहँदा केही समय अगाडि चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनमा उइगरमाथि कुनै किसिमको आक्रमण नभएको प्रतिक्रिया जनाएका थिए।

उनले चिनियाँ नीतिले सबै धर्मका मानिसलाई समान व्यवहार गर्ने बताएका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .