ad ad

राजनीति


पेरिसडाँडामा प्रचण्ड–नेपाल समूहका विद्यार्थीको छुट्टै भेला

पेरिसडाँडामा प्रचण्ड–नेपाल समूहका विद्यार्थीको छुट्टै भेला

नेपालखबर
असार २३, २०७७ मंगलबार १०:३१,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट विद्यार्थीहरुले पेरिसडाँडामा छुट्टै भेला गरेका छन्।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट विद्यार्थीहरुले सोमबार बागबजारस्थित होटल हार्दिकमा भेला गरेको भोलिपल्ट मंगलबार प्रचण्ड र नेपाल समूहका विद्यार्थीहरुले जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा छुट्टै भेला गरेका हुन्।

अध्यक्ष एवं प्रधानमन्त्री ओली निकट विद्यार्थीहरुले छुट्टै भेला गर्दै पार्टी नीति विपरीत सडक प्रदर्शनमा ओर्लेपछि आफूहरुले पनि बाध्य भएर छुट्टै भेला गरेको भेलामा सहभागी एक विद्यार्थी नेताले बताए। उनले आफूहरु पार्टी फुटको पक्षमा नरहेको भन्दै फुटपरस्तहरुलाई यो भेलाले जवाफ दिने बताए।

उनले अनेरास्ववियुका संयोजनक ऐन महरले एकथरी विद्यार्थीहरु भेला गर्दै अर्कोथरीका विरुद्ध परिचालन गर्ने, गुटको राजनीति गरेको आरोप लगाए।

‘विद्यार्थी संगठनको संयोजक नै गुटको राजनीतिमा लाग्नु भो, एकथरी विद्यार्थीलाई लिएर कहिले मस्याङ्दी होटलमा त कहिले हार्दिक होटलमा भेला गरेर हिड्नु भयो’, ती विद्यार्थी नेताले नेपालखबरसँग भने, ‘हामी पार्टी नीति विपरीत हुने त्यस्ता गतिविधिको विरोधमा छौँ र आम विद्यार्थीमा भ्रम नपरोस भन्नका लागि यो भेला गरेका हौँ।’

उनले आफूहरुको भेलाले पार्टी एकताका पक्षमा थप दबाब दिनेसमेत बताए। ‘हाम्रो भेलाले फुटलाई होइन एकतालाई मलजल गर्नेछ’, उनले भने।

भेलामा अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङ, नेताहरु विरेन्द्र बस्नेत, विजय गौतम, सुदेश पराजुली, आरती लामा, यशु लामा लगायतकाको सहभागिता रहेको एक सहभागीले बताए।

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .