ad ad

राजनीति


ओली–प्रचण्डबीच थप असमझदारी नबढाउने सहमति : मन्त्री पुन

ओली–प्रचण्डबीच थप असमझदारी नबढाउने सहमति : मन्त्री पुन

नेपालखबर
असार २१, २०७७ आइतबार ८:३९,

प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा जारी छलफल सकिएको छ।

‘छलफल भयो। विगतमा भएका समझदारीका आधारमा सहमति खोज्ने र भोलिको स्थायी कमिटी बैठकअघि दुई अध्यक्षबीच छलफल हुनेछ,’ बैठकमा सहभागी नेता वर्षमान पुनले नेपालखबरसँग भने, ‘असमझदारी बढाउने गतिबिधि नगर्ने सहमति भएको छ।’

पार्टीभित्र प्रधानमन्त्रीको राजीनाम मागसहित विवाद चर्किएका बेला दुई अध्यक्षले आआफ्नो तर्फका नेताहरुको टिमसहित वार्ता सुरु भएको हो।

उक्त छलफलमा शीर्ष नेताका साथमा अन्य पाँच नेताहरु सहभागी थिए।

नेताहरुका अनुसार भोली सोमबार हुने तय भएको स्थायी कमिटी बैठकअघि दुई अध्यक्षबीच पुनः छलफल हुनेछ।

छलफलमा प्रधानमन्त्री ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य शंकर पोखरेल र प्रचण्ड समूहका तर्फबाट उर्जा मन्त्री वर्षमान पुन र स्थायी समिति सदस्य जनार्दन शर्मा सहभागी थिए।

पार्टीभित्र तीब्र विवाद भइरहेका बेला प्रचण्ड र दुई वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहित राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरी प्रचण्ड शितलनिवासबाट सिधै बालुवाटार पुगेका थिए।

मन्त्री पुनका अनुसार विगतमा भएका सहमतिका आधारमा नयाँ समझदारी खोज्ने समझदारीका साथ बैठक सकिएको हो।

२०७५ जेठ २ मा सहमति गरी जेठ ३ मा पार्टी एकीकरणको औपचारिक घोषणा भएको थियो।

त्यसपछि दुई अध्यक्षबीच सरकार र पार्टी नेतृत्व गर्नेबारे विवाद भएपछि २०७६ मंसिर ४ गते दुई अध्यक्षबीच पुनः सहमति भएको थियो। सो सहमतिअनुसार प्रधानमन्त्री ओलीले बाँकी कार्यकाल पनि सरकारको नेतृत्व गर्ने र प्रचण्डले कार्यकारी अध्यक्षको रुपमा पार्टी सञ्चालन गर्ने सहमति भएको थियो।

याे पनि: सहमतिका लागि ‘अन्तिम कोशिस’ गर्न प्रचण्ड बालुवाटारमा, सहयोगी नेतासहित छलफल सुरु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .