नागरिकता विधेयकका विभेदकारी प्रावधान हटाउन माग गर्दै जनता समाजवादी पार्टी (जसपा) ले जनकपुरमा प्रदर्शन गरेको छ।
विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने र विदेशी ज्वाइँलाई नागरिकता नदिने प्रावधान विरुद्ध प्रदर्शन गरिएको जसपाले जनाएको छ। प्रदर्शनका क्रममा उनीहरुले जातीय विभेद अन्त्य गर्नुपर्ने, नागरिकता विधेयकका विभेदकारी प्रावधान खारेज गर्नुपर्ने भन्दै नारा लगाएका थिए।
पूर्वनिर्धारित कार्यक्रम अनुसार जसपाले प्रत्येक जिल्लाको सदरमुकाममा विरोध प्रदर्शन गरेको जनाएको छ।
सोही विषयलाई लिएर जसपाले आज काठमाडौंमा पनि प्रदर्शन गरेको छ।
प्रतिक्रिया