ad ad

राजनीति


जसपाको बिरोध प्रदर्शन : नागरिकता विधेयकमा ७ वर्षे प्रावधान खारेज गर्न माग

जसपाको बिरोध प्रदर्शन : नागरिकता विधेयकमा ७ वर्षे प्रावधान खारेज गर्न माग

नेपालखबर
असार १६, २०७७ मंगलबार ८:१३,

जनता समाजवादी पार्टी (जसपा) ले संसदीय समितिद्वारा प्रस्तावित नागरिकता विधेयकको विरोध गरेको छ।

संसदको राज्य व्यवस्था समितिले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई सात वर्षपछि अंगिकृत नागरिकता दिने प्रावधान पारित गरेको छ।

समितिले पारित गरेको सो प्रावधानसहितको विधेयक संसदमा छलफल गरी पारित गर्नका लागि पेश गरिएको छ।

सो सात–वर्षे प्रावधानको बिरोध गर्दै जसपा नेताहरुले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका छन्।

जसपा नेताले ‘नागरिकता विधेयकको विभेदकारी प्रावधानहरु खारेजीको’ माग गर्दै विरोध प्रदर्शनमा उत्रेका हुन्।

Jasapa protest 1

पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, पूर्व प्रधानमन्त्री बाबुराम भटराई, अशोक राई, महेन्द्र यादव, शरतसिंह भण्डारी, हिसिला यमी लगायत नेताहरु सो प्रदर्शनमा सहभागी थिए।

नेपाली पुरुषसँग बिहे गर्नासाथ नागरिकता पाउने प्रावधान कायम रहनुपर्ने जसपाकाे माग छ।

राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी एकीकरण भई बनेको जनता समाजवादी पार्टीले सो प्रदर्शन गरेको हो।

नवगठित पार्टीले निर्वाचन आयोग र संसदमा औपचारिकता पाइनसकेको हुँदा संसदमा भने उनीहरुको हैसियत फरक फरक दलको रुपमै रहेको छ।

Jasapa-protest-baja.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .