ad ad

राजनीति


सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म पैदल हिँड्नसमेत रोक लगायो

सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म पैदल हिँड्नसमेत रोक लगायो

नेपालखबर
असार ५, २०७७ शुक्रबार १२:५८,

सरकारले लकडाउनलाई व्यवस्थित बनाउनका लागि भन्दै अत्यावश्यक कामबाहेक सर्वसाधरणलाई राति हिँड्न समेत रोक लगाएको छ।

गृह मन्त्रालयले शुक्रबार जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मार्फत् अत्यावश्यक कामबाहेक राति पैदल हिँड्न समेत रोक लगाएको हो।

सो सुरक्षा मापदण्डअनुसार राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुलमा रोक लगाएको हो।

‘अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्तिलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुल गर्न पूर्णतः निषेध गर्ने’, गृहद्वारा जारी‘ बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’को ‘ज’ नम्बर बुँदामा उल्लेख छ।

रातिमा हुने हिँड्डुलको अनुगमन प्रहरीले गर्ने सो मापदण्डमा उल्लेख छ।

त्यस्तै गृहले अत्यावश्यक कामबाहेक आवतजावत नगर्न, आवतजावत गर्दा वा कार्यालयमा रहँदा २ मिटर दूरी कायम गर्न, कार्यस्थलमा अनिवार्य रुपमा मास्क र स्यानिटाइजरको प्रयोग गर्न समेत निर्देशन दिएको छ।

उत्पादनमूलक क्रियाकलाप, (उद्योग, कलकारखाना), भौतिक पूर्वाधार तथा विकास निर्माण लगायतमा एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी भेला नहुन समेत गृहले आग्रह गरेको छ।

गृहले कोरोना संक्रमणको जोखिम कायम नै रहेको भन्दै सबै नागरिकलाई स्वास्थ्यसम्बन्धी उच्च सतर्कता अपनाउन पनि आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .