ad ad

राजनीति


सीमामा झडपः चीनतर्फ पनि ठूलो क्षति, ४० भन्दा बढी सैनिकको मृत्यु भएको दाबी

सीमामा झडपः चीनतर्फ पनि ठूलो क्षति, ४० भन्दा बढी सैनिकको मृत्यु भएको दाबी

नेपालखबर
असार ३, २०७७ बुधबार ६:३,

सीमामा भारतका सेनासँग सीमामा भएको झडपमा चीनका पनि ४० भन्दा बढी सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन्।

आजतकले विशेष स्रोतको हवाला दिँदै भारतीय सेनासँगको झडपमा चीनतर्फ पनि ठूलो नोक्सान भएको दाबी गरेको हो।

समाचार सूत्रको हवाला दिँदै आजतकले लेखेको छ- चीनका एक सैनिक अधिकृत पनि मारिएका छन्, जसले झडपको नेतृत्व गरेका थिए। साथै भारतर्फका नेतृत्वकर्ता सैनिकको पनि मृत्यु भइसकेको छ।

झडप भएको स्थाननजिक ठूलो संख्यामा एम्बुलेन्स, घाइते र मृत्यु भएका चिनियाँ सैनिक स्ट्रेचरमा लगिरहेको देखिएको दाबी आजतकले गरेको छ। यसबाहेक गाल्भान नदीनजिक चिनियाँ हेलिकप्टरको आवागमन बढेको र त्यसले सैनिक ओसारिरहेकाे उसकाे दाबी छ। 

यस्तै झडपमा संलग्न एक भारतीय सैनिकले चीनतर्फकाे क्षतिकाे एकिन विवरण भन्न नसके पनि ४० भन्दा बढी चिनियाँ सैनिकको मृत्यु भएको जानकारी दिएकाे आजतकले उल्लेख गरेकाे छ। 

तर चीनले यसको पुष्टि गरेको छैन। 

याे पनि: भारत र चीनबीच भीषण भिडन्तमा २० भारतीय सैनिकको मृत्यु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .