ad ad

राजनीति


चिनियाँ सेनासँगको भिडन्तमा मारिने भारतीय सैनिककाे खुल्याे परिचय

चिनियाँ सेनासँगको भिडन्तमा मारिने भारतीय सैनिककाे खुल्याे परिचय

नेपालखबर
असार २, २०७७ मंगलबार १५:५,

लद्दाखमा चिनियाँ सेनासँगको झडपमा ज्यान गुमाउने तीन भारतीय सैनिकको परिचय खुलेको छ।

मारिएका उच्च अधिकारी तेलंगना राज्यका कर्णेल सन्तोष बाबु हुन् भने अर्का दुई जवान तमिलनाडुका पलनी र झारखन्डका कुन्दन ओझा हुन्।

कर्नेल सन्तोष चीनको सीमा क्षेत्रमा गत डेढ वर्षदेखि तैनाथ थिए।

१६ बिहार रेजिमेन्टका सन्तोषको परिवारमा पत्नी र दुई छोरा छन्।

सोमबार दिउँसो भारतीय सेनाले छोराको मृत्यु भएको खबर दिएको उनकी आमाले बताएकी छन्।

त्यस्तै, तमिलनाडुकै ४० वर्षीय सैनिक जवान पलनीको सोही भिडन्तमा मृत्यु भएको छ। उनी २२ वर्षदेखि भारतीय सेनामा कार्यरत थिए।

बीबीसी हिन्दीका अनुसार पलनीका भाइ पनि सेनामै कार्यरत छन्। उनले गएराती सेनाका कर्मचारीले आफूलाई फोन गरेर लद्दाखमा भएको झडपमा आफ्ना दाजुको मृत्यु भएको जानकारी दिएको बताएका छन्।

तामिलनाडुका मुख्य मन्त्री ई.के. पलनीसामीले आफ्नो राज्यका जवानको मृत्यु भएकोमा दुख व्यक्त गरेका छन्।

IndianArmy KundanOjha

बीबीसी हिन्दीका अनुसार मारिने अर्का जवान झारखन्डको साहिबगन्ज जिल्लाका कुन्दन ओझा हुन्। उनी बिहार रेजिमेन्टमा थिए।

उनी मारिएको खबर परिवारलाई फोनबाट दिइएको हो।

झारखन्डका पूर्व मुख्यमन्त्री बाबूलाल मरांडीले जवान ओझाको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .