ad ad

राजनीति


उत्तर-दक्षिण कोरियाबीच युद्ध हुने खतरा, दुवै देशको यस्तो छ तयारी

उत्तर-दक्षिण कोरियाबीच युद्ध हुने खतरा, दुवै देशको यस्तो छ तयारी

नेपालखबर
असार १, २०७७ सोमबार १:२१,

उत्तर कोरिया र दक्षिण कोरियाबचि युद्ध हुने खतरा बढेर गएको छ। उत्तर कोरियाले सैन्य आक्रमण हुने धम्की दिएपछि दक्षिण कोरिया पनि प्रतिकार गर्न तयार भएको हो।

उत्तर कोरियाका शासक किम जाेङ उनकी बहिनी किम यो जोङले सैन्य कारबाही हुने धम्की दिएपछि दक्षिण कोरियाले आपतकालीन सुरक्षा बैठक राखेको छ।

किम जोङ उनकी बहिनीलाई उनको अति विश्वासी सहयोगी मानिन्छ।

kim yo

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएएनले शनिबार जारी गरेको विज्ञप्तिअनुसार उनले उत्तर कोरियाका सेनालाई जवाफी कारबाहीका लागि अधिकार दिने तयारीमा रहेको बताएकी छन्।

उत्तर कोरियाको शक्ति संरचनामा नयाँ प्रतिष्ठा प्राप्त गर्न किम जोङ उनले कस्तो कारबाही गर्दै छन् भन्नेबारे उनले प्रस्ट पारिनन्, तर भनिन्, ‘मलाई लाग्छ, दक्षिण कोरियासँग सम्बन्ध ताेडिने उच्च सम्भावना छ, हामी चाँडै कारबाही गर्दैछौं।’

उता दक्षिण कोरियाको राष्ट्रपति कार्यालय द ब्लुहाउसका प्रवक्ताले कोरियाली प्रायद्वीपको परिस्थितिका विषयमा समीक्षा गर्दै यसको उचित जवाफ के हुन सक्छ भन्ने विषयमा आइतबार राष्ट्रिय सुरक्षा परिषद्को आपतकालीन भिडियो बैठक आयोजना गरिएको बताएका छन्।

उत्तर कोरियासँगको सम्बन्ध हेर्ने मन्त्रालयले दुई देशबीचका सबै सम्झौता पालना गर्न प्रयास गरिने बताएको छ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले भने स्थितिको गम्भीरता आकलन गरेर उत्तर कोरियाविरुद्ध सबै खालको जवाफ दिन आफ्ना सेना पनि तयार रहेको चेतावनी दिएकाे एनबीसी न्युजले उल्लेख गरेकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .