ad ad

राजनीति


 एमसीसीबारे छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक

 एमसीसीबारे छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक

नेपालखबर
जेठ २५, २०७७ आइतबार ८:३९,

 अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का बारेमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ।

बैठक सोमबार (भोलि) अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनले बैठकको बारेमा सचिवालय सदस्यहरुलाई सूचना आए पनि विषय भने नखुलाइएको बताए। अघिल्लो सचिवालय बैठकले एमसीसीबारे छलफल गर्न छिट्टै अर्को सचिवालय बैठक बोलाउने निर्णय गरेअनुरुप नै यो बैठक बोलाइएको उनको भनाइ थियो।

‘नेकपाको सचिवालय बैठक भोलि दिउँसो ४ बजेका लागि बोलाइएको छ’, नेपालखबरसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘अघिल्लो सचिवालय बैठकले एमसीसीबारे छलफल गर्न छिट्टै सचिवालय बैठक बोलाउने निर्णय गरेको थियो, त्यही अनुरुप यो बैठक बोलाइएको होला।’

उनले बैठकमा वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको एमसीसी अध्ययन कार्यदलले पेस गरेको प्रतिवेदनमाथि छलफल हुने बताए।

नेकपाभित्रको आन्तरिक विवादले गर्दा एमसीसी सम्झौता संसदमा पेस हुन सकेको छैन। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सो सम्झौता तत्काल पास गर्नुपर्ने पक्षमा छन् भने अन्य नेताहरु संझौता हुबहु पारित गर्न नहुने, परिमार्जनपछि मात्रै पास गर्गुपर्ने पक्षमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .