सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कि सांसद शान्ता चौधरीले रुकुमको घटना कहालीलाग्दो र दर्दानाक भएको बताएकी छन्।
आइतबार संधीय संसदको शून्य समयमा बोल्दै सांसद चौधरीले प्रेम गर्नु र त्यसलाई विवाहमा परिणत गर्नु अपराध नभएको उल्लेख गर्दै प्रेममा जातको प्रश्न नउठ्ने समेत बताइन्।
‘प्रेम गर्नु र त्यसलाई विवाहमा परिणत गर्नु अपराध होइन’, उनले भनिन्, ‘प्रेममा जातको प्रश्न उठ्दैन।’
उनले जातीय रुपमा कसैलाई ठूलो र कसैलाई सानो ठान्नु सामन्तवादको पाखण्डी मान्यता स्वीकार्न नसकिने बताइन्।
उनले प्रेमकै कारण मृत्युको अवस्थामा पु¥याउनु खेदजनक भएको र जातीय प्रश्न उठाउनु झनै निन्दनीय भएको बताउँदै किशोर किशोरीमा प्रेमबारे सचेतना जगाउन जरुरी भएको बताइन्।
उनले रुकुमको घटना अपराधजन्य भएको भन्दै दोषीलाई कारबाही गर्न मागसमेत गरिन्।
प्रतिक्रिया