राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
बुधबार बिहान बसेको राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबारा र प्रकाशचन्द्र लोहनीको बैठकले निशान छाप परिवर्तन गर्न संसदमा पेश भएको विधेयकलाई समर्थन गर्ने निर्णय गरेको हो।
समर्थनसँगै राप्रपाले विधेयकको पक्षमा मतदान गर्ने भएको छ।
सरकारले यसअसिघ निसान छापमा भएको नेपालको नक्सा हटाउँदै लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा राख्नका लागि संविधान संशोधनको तयारी गरेको छ।
प्रतिक्रिया