ad ad

राजनीति


गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङसहित सात मन्त्रीको पीसीआर रिपोर्ट नेगेटिभ

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङसहित सात मन्त्रीको पीसीआर रिपोर्ट नेगेटिभ

नेपालखबर
जेठ १०, २०७७ शनिबार ६:१२,

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित सातै मन्त्रीको कोभिड–१९ जाँचका लागि गरिएको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

यही जेठ ११ गतेका लागि आह्वान गरिएको गण्डकी प्रदेशसभाको बैठकअघि सम्भावित कोरोना संक्रमणको अवस्था जान्नका लागि मंगलबार प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, सचिव, कर्मचारीलगायत १४६ जनाको स्वाब संकलन गरिएकामा सबैको नतिजा नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

त्यसैगरी बजेट अधिवेशन शुरु हुनुअघि सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सिर्जना शर्मा, प्रदेशसभा सदस्य, प्रदेशसभा सचिवालयका कर्मचारी तथा प्रदेशसभा सदस्यका स्वकीय सचिव गरी बुधबार ११२ र शुक्रबार थप ४७ जनाको पिसीआर जाँचका लागि स्वाब सङ्कलन गरिएको थियो । उनीहरुको नतिजा आइसकेको छैन।

हालको प्रदेशसभा भवन साँघुरो भएकाले सामाजिक दूरी कामय गर्न कठिनाइ भएपछि प्रदेशसभाको बैठक पोखरा सभागृहमा बस्न लागेको छ। बैठकलाई लक्ष्य गरेर हाल सभागृहको मर्मत, रङगरोगन तथा सभाहलमा नयाँ कुर्सी जडानको काम भइरहेको प्रदेशसभा सचिवालयका निमित्त सचिव राजेन्द्र न्यौपानेले बताए। प्रदेशमा हालसम्म एक हजार ५२० को पीसीआर विधिबाट परीक्षण गरिएकामा परीक्षणको दायरा वृद्धि गरेर तीनदेखि चार हजारसम्म पु¥याउने योजना रहेको स्वास्थ्य निर्देशनालयलका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए।

गण्डकी प्रदेशमा अहिलेसम्म पाँच जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये बागलुङका दुई उपचारपछि निको भएर घर फर्किसकेका छन् भने दुई जनाको चितवनको भरतपुरस्थित कोरोना अस्पताल र एक तीन वर्षीय बालकको काठमाडौँमा उपचार भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .