ad ad

राजनीति


ट्रम्पले गरे खुलासाः कोरोनाबाट बच्न मैले मलेरियाको औषधि खाइरहेको छु

ट्रम्पले गरे खुलासाः कोरोनाबाट बच्न मैले मलेरियाको औषधि खाइरहेको छु

नेपालखबर
जेठ ६, २०७७ मंगलबार ३:४,

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट बच्न आफूले मलेरियाको औषधि खाइरहेको खुलासा गरेका छन्।

उनकै सरकारले समेत यसरी जथाभावी औषधि खानु घातक हुन सक्ने चेतावनी दिइरहेका बेला सोमबारको पत्रकार सम्मेलनमा ट्रम्पले ट्रम्पले हाइड्रोअक्साइक्लोरिक र जिन्क आफूले १ हप्ताभन्दा बढी समयदेखि दैनिक सेवन गरिरहेको खुलासा गरेका हुन्। 

अमेरिकी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति ट्रम्पले आफूले ती औषधि कुनै डाक्टरको सिफारिसमा नभई  आफ्नै निर्णयमा सेवन गरिररहेकाे बताएका छन्।

‘मैले यो औषधि यसकारण सेवन गर्न थालेको हुँ कि यो राम्रो छ। मैले धेरै राम्रा कुरा पनि सुनेको छु,’ ट्रम्पले पत्रकार सम्मेलनमा भने, ‘म यति मात्र भन्न सक्छु कि म अहिलेसम्म ठीक छु।’

तर कुनै पनि अध्ययनले यस प्रकारको औषधिले कोरोना भाइरस राेक्ने तथा मार्ने भनेर पुष्टि गरेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .