सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सांसदहरुलाई उपत्यकाबाहिर नजानका लागि ह्विप जारी गरेको छ।
मंगलबार नेकपाको प्रतिनिधि र राष्ट्रियसभा संसदीय दलले ह्विप जारी गर्दै दुबैसभाका सांसदहरुलाई उपत्यकाबाहिर नजान ह्विप जारी गरेको हो।
नेकपा राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले कोरोनाको संक्रमण फैलिइरहेको अवस्थालाई मध्यनजर गर्दै संसदहरुलाई बाहिर नजान भनिएको बताए। उनले उपत्यकाबाहिर कोरोना संक्रमण तीव्र गतिमै फैलिन थालेपछि सांसदहरुलाई बाहिर जान रोक लगाएको बताए।
‘हामीले अप्ठ्यारो अवस्थामा संसद चलाएको छौँ, सांसदहरुको पीसीआर टेस्ट गरी रिपोर्टसमेत नेगेटिभ आएको अवस्था छ’, प्रमुख सचेतक भट्टराईले नेपालखबरसँग भने, ‘बाहिर कोरोना संक्रमण तीव्र गतिमा फैलिएको छ, उपत्याका बाहिर जाँदा आउँदा संक्रमणको खतरा हुने भएकाले नजान भनेका हौँ।’
सांसदलाई उपत्यका नछाड्न भन्दै म्यासेज गरिसकिएको उनले जानकारी दिए।
प्रतिक्रिया