सत्तारुढ दल नेकपाको बिहीबारका लागि तय भएको स्थायी समिति बैठक स्थगित भएको छ।
‘अर्को मिती तय भएको छैन,’ पार्टीका महासचिव विष्णु पौडेलले नेपालखबरलाई बताए।
आज (बुधबार) बसेको सचिवालय बैठकले बिहीबारबाट सुरु हुने भनिएको स्थायी कमिटीको बैठकका एजेण्डा तय गर्ने बताइएको थियो।
तर सो बैठकमा सुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीले आफू थाकेको भन्दै बैठकबाट बाहिरिएपछि सचिवालय बैठक अर्निणित भएको थियो।
बैठक निष्कर्षविहिन सकिएपछि अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छुट्टै छलफल भएको थियो।
प्रतिक्रिया