नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा पार्टीका आगामी बैठकका एजेण्डा लगायत विषयहरुमा परामर्श गर्न छलफल भइरहेको छ।
प्रधानमन्त्री ओलीले पार्टीमा परामर्शबिना एक्कासी दुई अध्यादेश ल्याएपछि पार्टीका शीर्ष नेताबीच नै तीव्र विवाद भएपछि शनिबार सचिवालय बैठक बसी सो विवाद तत्कालका लागि सुल्झाइएको थियो।
सोहि बैठकले बुधबार सचिवालय र बिहीबार स्थायी समिति बैठक तोकेको थियो।
प्रधानमन्त्री ओलीले बोलाएपछि प्रचण्ड ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। दुईअध्यक्षबीच छलफल भइरहेको बालुवाटस्रोतले जनाएको छ।
6
Shares
प्रतिक्रिया