ad ad

राजनीति


मलामी गएको बेला आफ्नै पार्टीका कार्यकर्ताबाट कुटिए मेयर

मलामी गएको बेला आफ्नै पार्टीका कार्यकर्ताबाट कुटिए मेयर

नेपालखबर
बैशाख १४, २०७७ आइतबार २:३१,

जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीमाथि आक्रमण भएको छ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं नगरप्रमुख घर्तीमाथि शनिबार जिल्लाको भेरी नगरपालिका-१० को फेराखोलास्थित भेरी नदीको किनार छेउमा आक्रमण भएको हो ।

साविकको पुन्मा गाविसका अध्यक्ष मधु चन्दको मृत्युपछि उनको मलामी गएका नगरप्रमुख घर्तीलाई सत्तारूढ नेकपाको युवा संघ जाजरकोटका संयोजक दीपेन्द्र शाहीको समूहले आक्रमण गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए।

शाही र उनका भाइहरुको समूहले नगरप्रमुख घर्तीमाथि ढुङ्गा र मुक्का प्रहार गरेर आक्रमण गरेका हुन्। नगरप्रमुख घर्ती नेकपाको कर्णाली प्रदेश समिति सदस्यसमेत हुन्।

नगरप्रमुखले विकासका योजना नदिएको झोँकमा शाही समूहले आक्रमण गरेको बताइएको छ। आफूमाथि अन्याय गरेको गुनासो गर्ने क्रममा विवाद हुँदा शाही समूहले मेयरमाथि आक्रमण गरेका हुन्।

नेकपा कर्णाली प्रदेशले विज्ञप्ति निकाल्दै दोषीमाथि कारवाहीको माग गरेको छ। युवा संघको केन्द्रीय समितिले शाहीलाई निलम्बन गर्नसमेत माग गरेको छ।

नगरप्रमुख घर्तीलाई आक्रमण गर्नेहरुको व्यापक खोजी भइरहेको जाजरकोट प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .