ad ad

राजनीति


प्रदेशका सबै एम्बुलेन्सलाई सरकार मातहत ल्याउन निर्देशन

प्रदेशका सबै एम्बुलेन्सलाई सरकार मातहत ल्याउन निर्देशन

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार १२:३६,

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै एम्बुलेन्सलाई सरकार मातहत सञ्चालन गर्ने गरी व्यवस्थापन गर्न निर्देशन दिएका छन्। प्रदेशको कोभिड–१९ संकट व्यवस्थापन समितिको आजको बैठकमा मुख्यमन्त्री पौडेलले प्रदेशका सबै जिल्लाका कमाण्ड पोष्टले एम्बुलेन्स खिचेर सञ्चालन गर्नुपर्ने धारणा राखे।

राज्यबाट छुट लिएर सञ्चालन भएका कतिपय एम्बुलेन्सले राज्यलाई संकट पर्दा असहयोग गरिरहेको भन्दै उनले साविकका सञ्चालक वा चालकले एम्बुलेन्स चलाउन नमाने सरकारी चालक परिचालन गरेर भए पनि एम्बुलेन्स चलाइने बताए। पौडेलले निश्चित दूरी कायम गरेर कृषि कार्य गर्न दिने गरी योजना बनाउनुपर्ने धारणा राखे।

समितिका संयोजकसमेत रहेका मुख्यमन्त्री पौडेलले आवश्यक सुरक्षा अपनाएर निर्वाधरुपमा खेतीपाती गर्न किसानलाई अनुरोध गरेर उत्पादनमा लाग्न प्रेरित गरिनुपर्ने बताए। उनले स्थानीय तहलाई सावधानी अपनाएर र दूरी व्यवस्थापन गरेर सकिने काम गराउन लगाउनेतर्फ सोच्नुपर्ने उल्लेख गरे।

उनले लकडाउनका कारण कतिपय स्थानमा व्यक्ति जुवातास खेल्न र अन्य विकृतिजन्य कार्य गर्न थालेको जानकारी आइरहेकाले त्यस्ता गतिविधिलाई तत्काल रोकेर त्यस्ता कार्यमा संलग्न जो कोहीलाई पनि कारवाही गर्न प्रदेशका सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए।

उनले आफ्नो घर जान हिँडेका र अलपत्र परेकाको व्यवस्थापन गर्न मातहतका निकायलाई तत्काल पहल गर्न निर्देशन दिए। खेतीपातीको मौसम शुरु भएको भन्दै मुख्यमन्त्री पौडेलले कतिपय व्यक्ति वर्षभरि शहर पसेर काम गर्ने तर खेतीपाती लगाउने मौसममा घर आउने र बाली थन्क्याएर फेरि शहर पस्ने रहेका र उनीहरु अहिले अलपत्र भएकाले व्यवस्थापन हुनु आवश्यक रहेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .