राष्ट्रपतिको कार्यालयले ९ करोड ५० लाख रुपैयाँ सरकारलाई फिर्ता गरेको छ।
शुक्रबार राष्ट्रपति कार्यालयले विज्ञप्ति प्रकाशित गरी सरकारको संचित कोषमा जम्मा हुने व्यवस्था गरिएको जनाएको छ।
सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण विशेष परिस्थिति उत्पन्न भएकोले यस कार्यालयको लागि चालु आर्थिक वर्ष २०७६÷०७७ मा विभिन्न शीर्षक अन्तर्गत विनियोजित बजेट मध्येबाट ९ करोड ५० लाख नेपाल सरकारेका संघीय संचित कोषमा जम्मा हुने व्यवस्था गरिएको छ।'
3
Shares
प्रतिक्रिया