स्पेनले कोरोना भाइरस महामारीका कारण कठिनाइ बेहोरेका सबैभन्दा गरिब १० लाख परिवारलाई आधारभूत आय उपलब्ध गराउने भएको छ।
मासिक रुपमा उपलब्ध गराइने आधारभूत आयबारे योजना बनिरहेको र सो निर्णयलाई मन्त्रिपरिषदले मे महिनामा अनुमोदन गर्ने सामाजिक सुरक्षा मन्त्री होसे लुइस एस्क्रिभाले शुक्रबार बताए।
यस्तो रकमले मानिसहरुलाई काम खोज्न मद्दत गर्ने उनको भनाइ छ।
यद्यपि आधारभूत आयका रुपमा कति रकम दिने भन्ने टुंगो नलागिसकेको उनले बताए।
सत्तारुढ सोसलिस्ट पार्टी र गठबन्धनमा रहेको अर्को वामपन्थी पार्टी उनिदास पोदेमोसबीच जनवरीमै आधारभूत आयसम्बन्धी कार्यक्रम तयार गर्ने निर्णय भएको थियो। रोयटर्स
प्रतिक्रिया