ad ad

राजनीति


कोरोना संक्रमित बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, आईसीयूबाट निकालियो

कोरोना संक्रमित बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, आईसीयूबाट निकालियो

नेपालखबर
चैत २८, २०७६ शुक्रबार ०:५९,

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्ष (आईसीयू) बाट निकालिएको छ।

बेलायती प्रधानमन्त्रीको कार्यालयका अनुसार लन्डनस्थित सेन्ट टमसेज अस्पतालमा उपचार गराइरहेका जोनसनलाई बिहीबार बेलुका आईसीयू वार्डबाट सारिएको हो।

तर उनी अझै केही दिन अस्पतालमै रहनेछन्।

प्रधानमन्त्री कार्यालयले विज्ञप्तिमार्फत भनेको छ,‘उहाँलाई डाक्टरहरूले निकटमा रहेर निगरानी गर्नेछन्।’
प्रधानमन्त्री जोनसन अहिले एकदमै राम्रो मनस्थितिमा रहेको उनका प्रवक्ताले बताएका छन्।

कोरोना भाइरसको संक्रमण देखिएको १० दिनपछि गत आइतबार प्रधानमन्त्री जोनसनलाई अस्पताल पुर्‍याइएको थियो र भोलिपल्ट उनलाई आईसीयूमा राखिएको थियो।

यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री जोनसनलाई सघन उपचार कक्षबाट वार्डमा सारिनु शुभ समाचार भएको भन्दै खुसी व्यक्त गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .