ad ad

राजनीति


स्वास्थ्यकर्मीको ५० लाख बराबरको बीमा गरिदिन समाजवादीको आग्रह, कोरोना कोषमा १० लाख दिने

स्वास्थ्यकर्मीको ५० लाख बराबरको बीमा गरिदिन समाजवादीको आग्रह, कोरोना कोषमा १० लाख दिने

नेपालखबर
चैत १५, २०७६ शनिबार ९:५७,

समाजवादी पार्टीले कोरोना भाइरस (कोभिड १९) विरुद्धको लडाइँमा सरकारलाई साथ दिन तयार रहेको बताएको छ।

शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै पार्टीले यस्तो बेलामा बढी त्रास र भ्रम फैलाउने हेतुले नेपालमा पनि महामारी नै भित्रिसकेको जस्तो होहल्लाको पछाडि नलाग्न आग्रह समेत गरेको छ।

 अध्यक्ष उपेन्द्र यादवद्वार हस्ताक्षरित विज्ञप्तिमा कोरोना विरुद्ध विश्व स्वास्थ्य संगठन तथा राज्य र सरकारले तय गरेका सुरक्षा मापदण्डहरू अपनाउन, आइसोलेसन, क्वारेन्टाइन, सोसियल डिस्टेन्स र लकडाउनको नियम पालना गर्न आग्रह गर्नुका साथै कोरोना संक्रमित बिमारीहरूको रेखदेख र औषधी उपचारको सम्पूर्ण दायित्व लिन राज्यसँग अनुरोध गरेको छ।

 समाजवादी पार्टीले स्वास्थ्य सेवासँग सम्बन्धित डाक्टर, नर्स, स्वास्थ्य सहयोगीहरू, जनस्वास्थ्य अधिकारी, ल्याब प्राविधिज्ञहरू, अस्पताल सरसफाई मजदुर, औषधी विक्रेता, एम्बुलेन्स चालक÷सहचालक लगायत सबै पेसाकर्मीहरू तथा यसका विरुद्ध लड्न अध्ययन अनुसन्धानमा लागेका वैज्ञानिक आदि सबैको न्यूनतम् ५० लाख बराबरको स्वास्थ्य बीमा घोषणा गर्न तथा स्वास्थ्यकर्मीहरूको सुरक्षा सावधानीमा कुुनै कमी हुन नदिन आग्रह गरेको छ।

त्यस्तै विज्ञप्तिमा न्युन आए भएका विपन्न परिवारको पहिचान गरी लकडाउन अवधिका लागि आर्थिक सहयोग वा अत्यावश्यकीय सामानको व्यवस्था गर्न आग्रह गरेको पार्टी सरकारसँग आग्रह गरिएको छ।

त्यस्तै समाजवादी पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने सांसद तथा जनप्रतिनिधिको आधा महिना बराबरको तलब तथा पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूको सहयोग समेत गरी पार्टीले एकमुष्ठ रु १० लाख रकम कोरोना प्रतिरोध कोषमा जम्मा गर्ने बताइएको छ। कोविड–१९ विरुद्ध लड्न विभिन्न व्यक्ति तथा संघ संस्थाहरूबाट प्राप्त सहयोगको सहि सदुपयोगको प्रबन्ध मिलाउन समेत समाजवादीले सरकारसँग आग्रह गरेको छ।

कोविड–१९ बाट उत्पन्न विषम स्थितिमा सूचना संकलन, विश्लेषण, रणनीति निर्माण, कार्यान्वयन र अनुगमन तथा समग्र व्यवस्थापनको कार्यमा देखिएको फितलोपनको अन्त्य गर्न सरकार, संसदमा उपस्थित दलहरू, जनस्वास्थ्य विज्ञ, स्वास्थ्यकर्मी, औषधी व्यवसायी, निजी अस्पताल संघका प्रतिनिधि, संचारकर्मी, मानवअधिकारकर्मी आदि सम्बद्ध सबै पक्षको सहभागिता हुने गरी एक सर्वपक्षीय उच्चस्तरीय समिति निर्माण गर्न समेत पार्टीले माग गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .