ad ad

राजनीति


अलपत्र यात्रुका लागि कर्णाली प्रदेश सरकारको हटलाइन नं १११०

अलपत्र यात्रुका लागि कर्णाली प्रदेश सरकारको हटलाइन नं १११०

नेपालखबर
चैत ११, २०७६ मंगलबार ११:४५,

कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लकडाउन सुरु भएसँगै बिच बाटोमा अलपत्र यात्रुको उद्धारका लागि कर्णाली प्रदेश सरकारले निशुल्क हटलाइन सेवा सुरु गरेको छ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्देशनमा मंगलबार बसेको कर्णाली प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिले यस्तो निर्णय गरेको हो।

कार्यकारी समितिका संयोजक तथा सामाजिक विकास मन्त्री दल रावलको अध्यक्षतामा सम्पन्न वैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हटलाइन कक्ष रहने गरि १११० नम्वरको हटलाइन सेवा सुरु गर्ने निर्णय गरेको छ।

घर फर्कने उद्धेश्यले यात्रा सुरु गरि लकडाउनका कारण बाटोमा अलपत्र रहेका कर्णाली प्रदेश भित्रका नागरिकहरुले यो सेवाको उपयोग गरि सरकारलाई आफनो अवस्थाको बारेमा जानकारी दिन सक्ने सामाजिक विकास मन्त्री रावलले जानकारी दिए।

मन्त्री रावलका अनुसार हटलाइनमा प्राप्त सुचनाका आधारमा सरकारले यातायातको प्रवन्ध गरि अलपत्र यात्रुको उद्धार गर्ने, उनीहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण गर्ने तथा स्वास्थ्य अवस्थाका आधारमा क्वारेन्टाइनमा राख्नु पर्नेलाई क्वारेन्टाइनमा राख्ने र बाँकीलाई गन्तव्यसम्म पुराउने व्यवस्था गर्नेछ।

रोजगारीका लागि भारत गएका कर्णाली प्रदेशका अधिकांश नागरिक फर्कने क्रममा बिच बाटोमा अलपत्र परेको गुनासो प्राप्त भएपछि प्रदेश सरकारले यस्तो निर्णय लिएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .