ad ad

राजनीति


आज बिहानैदेखि पूरै देश बन्द, अब १ हप्तासम्म घरबाट बाहिर निस्कन नपाइने

आज बिहानैदेखि पूरै देश बन्द, अब १ हप्तासम्म घरबाट बाहिर निस्कन नपाइने

नेपालखबर
चैत ११, २०७६ मंगलबार ०:१७,

नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण पाइएपछि सरकारले आज (मंगलबार) बिहानैदेखि देशभर बन्द अर्थात् ‘लक डाउन’ गरेको छ।

अब अत्यावश्यक सेवाबाहेक अरू कामका लागि १ हप्तासम्म अर्थात् चैत १८ गते बिहान ६ बजेसम्म काेही घरबाट निस्कन पाउने छैनन्। 

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार उच्च स्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले मंगलबार बिहान ६ बजेदेखि देशभर ‘लक डाउन’ गर्ने निर्णय गरेको हो।

अहिलेका लागि एक साता लकडाउन गर्ने निर्णय भएको समितिले जनाएकाे छ। यस अवधिमा सवारीसाधन चल्ने छैनन् भने मानिसलाई घरभित्रै बस्न लगाइनेछ।

कोरोना रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी उच्चस्तरीय समन्वय समितिले सरकारले तोकेको मापदण्ड उल्लंघन गरे कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई दिएको छ। सीडीओले स्थानीय प्रशासन ऐन २०२८ को समेत प्रयोग गरी कारबाही गर्न सक्नेछन्।

त्यस्तै संक्रामक रोग ऐन, २०२० अन्तर्गत पनि कारबाही हुन सक्नेछ। ऐनकाे आदेश अटेर गर्नेलाई १ महिना कैद र १०० रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

त्यस्तै सरकारी अधिकारीको काममा बाधा पुर्‍याउने व्यक्तिलाई हजार रुपैयाँ जरिवाना र ६ महिना कैद वा दुवै सजाय हुन सक्नेछ।

तर औषधिउपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक कामका लागि घरबाट बाहिर निस्कन पाउनेछन्। 

फ्रान्सबाट फर्किएकी १९ वर्षीया नेपाली छात्रामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको रिपोर्ट साेमबार दिउँसो स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको हो।

काठमाडौं नै घर भएकी ती छात्राको अहिले टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ।

त्यसयता स्वास्थ्य परीक्षण गराएका साढे ५ सय नेपालीमध्ये सोमबार ती छात्रामा कोरोना पोजेटिभ पाइएपछि सरकारले आवतजावतमा कडाइ गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .