राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनीले पार्टीको सचिवालय प्रमुख र कोषाध्यक्ष पदमा मनोनयन गरेका छन्।
राप्रपामा सचिवालय प्रमुखमा भास्कर भद्रा (ललितपुर) र ध्रुबबहादुर प्रधान (नवलपरासी) तथा कोषाध्यक्ष पदमा चन्द्रबहादुर गुरुङ (कैलाली) र गणेश चन्द (बैतडी) लाई मनोनयन गरेका छन्।
राप्रपा र राप्रपा संयुक्तबीच फागुन २८ गते एकता भएको थियो।
‘राप्रपामा पार्टी एकतापछिको यो पहिलो मनोनयन हो,’ राप्रपाका नेता मोहन श्रेष्ठले बताए, ‘आइतबार बसेको तीन अध्यक्षको बैठकले उक्त मनोनयन गरेको हाे र अन्य पदहरुमा पनि छिटै मनोनयन हुने तयारी भइरहेको छ।’
प्रतिक्रिया