प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार साँझ डिस्चार्ज गरिने भएको छ।
मिर्गौला प्रत्यारोपणको १० दिनपछि उनलाई डिस्चाज गर्न लागिएको शिक्षण अस्पतालले जनाएको छ।
प्रधानमन्त्री ओलीले पूर्ण स्वास्थ्यलाभ गरिसकेको अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले जनाएका छन्।
प्रधामन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए। उनको २१ गते बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो।
प्रधानमन्त्री ओलीलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन्। उनको बुधबार नै डिस्चार्ज भएको थियो।
प्रधानमन्त्री ओलीको पहिलोपटक १२ वर्ष अगाडि भारतको एपोल अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।
प्रतिक्रिया