ad ad

राजनीति


प्रधानमन्त्री ओलीले भनेः सार्क राष्ट्रसँग मिलेर कोरोनाविरुद्ध लड्न नेपाल तयार छ

प्रधानमन्त्री ओलीले भनेः सार्क राष्ट्रसँग मिलेर कोरोनाविरुद्ध लड्न नेपाल तयार छ

नेपालखबर
फागुन ३०, २०७६ शुक्रबार १०:६,

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न सार्क सदस्यहरुसँग समन्यवय गर्न तयार रहेको बताएका छन्।

भारतीय प्रधानमन्त्री मोदीले कोरोनाविरुद्ध सार्क राष्ट्रले संयुक्त रणनीति तयार गर्न प्रस्ताव राखेपछि ओलीले उनको समर्थन गरेका हुन्।

दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको यो पहिलो सार्वजनिक अभिव्यक्ति हो।

फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेपछि उनी शिक्षण अस्पतालमा उपचाररत छन्।

‘कोरोना भाइरससँग लड्न सार्क राष्ट्रले संयुक्त रणनीति तयार गर्नुपर्ने प्रधानमन्त्री मोदीजीको प्रस्तावको म स्वागत गर्दछु,’ प्रधानमन्त्री ओलीले ट्विटरमा भनेका छन्, ‘यो घातक रोगबाट हाम्रा नागरिकलाई बचाउन सार्क सदस्य मुलुकसँग मिलेर काम गर्न मेरो सरकार तयार छ।’

यसअघि शुक्रबार मोदीले ट्विटरमार्फत कोरोना भाइरससँग लड्न सार्क राष्ट्रले संयुक्त रणनीति तयार गरेर विश्वलाई उदाहरण पेस गर्न प्रस्ताव गरेका थिए।

यसका लागि सार्कका नेताहरुले भिडियो कन्फेरेन्समार्फत छलफल गर्नसक्ने उनले बताएका थिए।

नेपालले बारम्बार सार्कलाई सक्रिय बनाउन पहल गर्दै आएपनि भारतको अनिच्छाका कारण त्यो सफल हुन सकेको छैन। भारत र पाकिस्तानबीच वैमनश्यताका कारण हरेक दुई वर्षमा हुनुपर्ने सार्क शिखर सम्मलेन सन् २०१४ यता हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .