कोरोना भाइरसको प्रकोप फैलिएको बेला नेपाल सरकारले सर्जिकल मास्क पठाएर गरेको सहयोगलाई कहिल्यै नबिर्सिने चीनले जनाएको छ।
प्रकोपबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग फोनवार्ता गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले सो कुरा बताएका हुन्।
फोनवार्ताबारे जानकारी दिँदै विदेश मन्त्रालयका प्रवक्ता लिजियन झाओले सो जानकारी दिएका हुन्।
सो सहयोगले चीन र नेपालको पारम्परिक मित्रतालाई पूर्ण रुपमा प्रतिबिम्बित गरेको पनि वाङले बताएका छन्।
फोनवार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल सधैँ छिमेकी मित्र चीनको साथमा रहेको बताएको प्रवक्ता झाओले जनाएका छन्।
प्रतिक्रिया