उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारीमा लागेको सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ।
बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसिरहेको छ।
बैठकमा कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारी सहभागी छन्।
उपसभामुख रानालाई उपसभामुखबाट हटाउने विषयमा छलफल भइरहेको नेताहरूले बताएका छन्।
उपसभामुख रानालाई पदबाट हटाउने विषयमा कांग्रेस-एमालेबीच सहमति भइसकेको छ।
सोही विषयमा नेताहरूको धारणा बुझ्न देउवाले कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बूढानीलकण्ठमा बोलाएका हुन्।
60
Shares
प्रतिक्रिया