ad ad

राजनीति


विपन्न छात्रालाई मासिक ५ सय, आठवटै जिल्लामा १ सय दलित घर निर्माण

विपन्न छात्रालाई मासिक ५ सय, आठवटै जिल्लामा १ सय दलित घर निर्माण

शैलेन्द्र महतो
फागुन २३, २०७६ शुक्रबार ८:२७,

प्रदेश २ मा कक्षा १ देखि ८ सम्मका विपन्न दलित एवं मुस्लिम छात्राले मासिक पाँच सय रुपैयाँ भत्ता पाउने भएका छन्। शुक्रबार बसेको प्रदेश २ सरकारको मन्त्रिपरिषद बैठकले प्रदेश २ को आठवटै जिल्लाका कक्षा १ देखि ८ सम्म पढ्ने छात्राहरुलाई माकि पाँचसय रुपैयाँ छात्रवृति उपलब्ध गराउने निर्णय गरेको हो।

यस्तै मन्त्रिपरिषद बैठकले दलितहरुका लागि प्रदेश २ को आठवटै जिल्लामा दलित आवास निर्माण गर्ने निर्णय गरेको प्रदेश २ सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामलिा तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए। उनका अनुसार सप्तरीबाट सुरुवात हुने दलित आवास निर्माण कार्यको जिम्मा नेपाली सेनालाई दिइने समेत बैठकले निर्णय गरेको छ।

दलित आवास अन्तर्गत प्रत्येक जिल्लामा १ सय घर निर्माण गरी दलितहरुलाई हस्तान्तरण गरिने सरकारको योजना रहेको छ। मन्त्रिपरिषद बैठकले प्रदेश अनुगमन तथा मूल्यांकन दिगदर्शन २०७६ लाई स्वीकृति दिएको छ।

यस्तै प्रदेश २ सरकारको मन्त्रालय तथा आवनस रहेको जनकपुरको मधेशभवनमा प्रादेशिक रेडियो सञ्चालन गर्न जग्गा दिने, प्रदेश मुद्रन छापाखाना निर्माण गर्ने लगायतको निर्णय मन्त्रिपरिषदबाट भएको मन्त्री यादवले जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .