ad ad

राजनीति


पाँचथर बम विस्फोटको घटनाबारे संसद्‌लाई जानकारी गराउन एमालेको माग

पाँचथर बम विस्फोटको घटनाबारे संसद्‌लाई जानकारी गराउन एमालेको माग

फाइल फोटो


नेपालखबर
भदौ २४, २०८१ सोमबार १४:५३, काठमाडौँ

सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले पाँचथरको बम विस्फोटको घटनाबारे तत्काल संसद्‌लाई जानकारी गराउन सरकारसँग माग गरेका छन्।

सोमवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले यही भाद्र १३ गते पाँचथरमा बेवारिसे बम विस्फोटमा एकै घरका २ जना बालबालिकाको ज्यान गएको र २ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे तत्काल जानकारी गराउन गृहमन्त्री रमेश लेखकसँग माग गरेका हुन्।

उनले भने, ‘सरकारले यस्ता घटनाबारे गम्भिरताका साथ अनुसन्धान गर्नुपर्ने देखिन्छ। सामान्यतया यतिका दिन भईसक्दा पनि यस घटनामा जोडिएका दोषी को हो? यो सरकारले सरकारले यो सदनलाई आएर बताउनु पर्छ। थाहा दिनुपर्छ। यस्तो गम्भीर प्रकृतिको घटनामा माननीय गृहमन्त्रीज्यूले संसद्‌मा जानकारी गराउनु बढ्ता उपयुक्त हुन्छ। म यो माग गर्न चाहन्छु।’

प्रमुख सचेतक बर्तौलाले सो बेवारिसे बम तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका बेला बेवारिसे अवस्थामा छोडिएको कुरा विभिन्न समाचार माध्याममा आएको उल्लेख गर्दै त्यसबारे सम्बन्धित पक्षले जिम्मेवारी लिनुपर्ने जिकिर समेत गरे।

बर्तौलाले यस्ता बेवारिसे बम विस्फोटको घटनालाई सरकारले गम्भिरतापूर्वक लिई अनुसन्धानको कामलाई तिब्रता दिनुपर्ने बताए।

उनले भने, ‘हामीले यो छापा मिडियाहरुमार्फत सुन्यौँ, थाहा पायौं कि यो विशेष गरी सशस्त्र द्वन्द्वकै समयमा बिछयाइएको बमहरु, छोडिएका बमहरु, फ्याँकिएका बमहरु नै अहिले आएर विस्फोट भयो। यदि त्यसो हो भने सम्माननीय सभामुख महोदय, यो घटनाप्रति जवाफदेही को हुनुपर्ने हो? कसले जिम्मा लिनुपर्ने हो? सामान्य तया राज्य पक्षबाट यस प्रकारको बेवारिस बमहरु छोडेर हिँडने हामी देख्दैनौं, सुन्दैनौं। त्यतिबेलाका द्वन्द्वको एउटा पक्षबाट यस प्रकारका बेवारिसे बमहरु विभिन्न ठाउँमा छोडिएको हो भने सम्बन्धित पक्षले यसको बारेमा जिम्मेवारी लिनुपर्छ।’

प्रमुख सचेतक बर्तौलाले तत्कालीन विद्रोही पक्ष माओवादीले देशका कुनकुन ठाउँमा बेवारिसे अवस्थामा त्यस्ता बमहरु राखेको छन्? भन्ने कुराको खोजीमा पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .