ad ad

राजनीति


संविधान संशोधन हुनसक्ने अवस्था छ : सभापति देउवा (भिडिओ)

संविधान संशोधन हुनसक्ने अवस्था छ : सभापति देउवा (भिडिओ)

नेपालखबर
भदौ १४, २०८१ शुक्रबार १८:६, काठमाडौँ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन हुनसक्ने अवस्था रहेको बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कतिपय कुराहरू संशोधन गर्नुपर्ने र आवश्यक परेको समयमा संविधान संशोधन हुने अवस्था रहेको बताए। 

‘कतिपय कुरा यो संविधानमा संशोधन हुनसक्ने अवस्था पनि छ। कति कुराहरु आवश्यक प¥यो भने देखिलाई, सबैले ठान्यो भने संशोधन हुनसक्छन्। तर अहिले वास्तवमा भन्ने हो भने धेरै राम्रो महत्त्वपूर्ण कामहरू भएको छ। यो संविधान समावेशी संविधान छ। समानुपातिकता सम्बन्धमा अझै कति समानुपातिक भन्ने भन्ने छ वास्तवमा। त्यसकारण समावेशी सहितको संविधान छ,’ सभापति देउवाले भने।

सबैले आवश्यक ठानेको खण्डमा संशोधन हुने स्पष्ट पार्दै सभापति देउवाले अहिलेको संविधान समावेशी रहेको उल्लेख गर्दै समानुपातिकतालाई अझै राम्रो गर्नेगरी संशोधन गर्ने पनि बताए। 

निर्वाचनबाट जितेर आउन नसक्नेहरू पनि रहेकाले उनीहरूको समावेशिताका लागि पनि समानुपातिकतालाई अझै राम्रो अध्ययन गरी संशोधन गर्ने दाबी गरे। 

संविधानका आधारभूत कुराहरू संशोधन गर्न नमिले पनि अन्य कुरामा अझ राम्रो गर्नेगरी संशोधन गर्ने उनको भनाइ थियो। 

‘कति मानिसहरू चुनावहरू आउन धेरै गाह्रो छ, उहाँहरुलाई त्यसकारण समावेश गर्नुपर्नेछ। राज्य सत्तामा उनीहरूलाई समावेशीताका साथ सहभागी गराउनुपर्छ भन्ने धारणा छ। त्यसको आधारमा समावेशी राखिएको छ। समावेशी सहितको प्रजातन्त्र राखिएको छ। यसमा अझ हामीले राम्रोसँग अध्ययन गर्ने, यसमा अझ बढी राम्रो बनाउन सकिन्छ, साथसाथै संविधानको संशोधन हुनसक्ने अवस्था हो,’ सभापति देउवाले भने, ‘त्यसकारण फण्डामेण्टल कुराहरुमा परिवर्तन हुन सक्दैनन्। त्यहाँ लेखिएको पनि छ। अहिले समावेशिताको आधारमा जो सबै नेपालीहरू अटाउने संविधान छ। त्यसका केही कमी कमजोरी छन् भने सच्याएर अघि बढाउनुपर्छ। महत्त्वपूर्ण कुरा प्रजातन्त्र र मानव अधिकार हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .