ad ad

राजनीति


एआईजी सरुवा : सीआईबीमा थापा, उपत्यकामा बज्राचार्य

एआईजी सरुवा : सीआईबीमा थापा, उपत्यकामा बज्राचार्य

नेपालखबर
साउन २२, २०८१ मंगलबार २०:१६, काठमाडौँ

सरकारले तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ। मंगलबार साँझ सिंह दरबारमा बसेको मन्त्रिपरिषद बैठकले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र काठमाडौं उपत्यका प्रहरी प्रमुख पनि हेरफेर गरेको हो।

यसअघि उपत्यका प्रहरी प्रमुख रहेका एआईजी दीपक थापालाई सीआईबीको जिम्मा दिइएको छ। थापा आगामी चैतमा प्रहरी महानिरीक्षक बन्ने सबैभन्दा बलिया उम्मेदवार पनि हुन्।

कार्य विभाग प्रमुख एआईजी किरण बज्राचार्यलाई काठमाडौं उपत्यका प्रमुखको जिम्मा दिइएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

सीआईबी प्रमुख श्यामलाल ज्ञवालीलाई भने सबैभन्दा कम भूमिकाको मानिने प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ। एआईजी उमेशराज जोशी अनिवार्य अवकासमा गएपछि उक्त स्थान रिक्त भएको थियो।

यस्तै उमेशराज जोशीको अवकासपछि बढुवा भएका रामदत्त जोशीलाई कार्य विभागमा पदस्थापन गरिएको छ। बज्राचार्य उपत्यका प्रहरी कार्यलयमा सरुवा भएपछि रिक्त भएको थियो।  

यसअघिको सरकारले सीआईबीबाट हटाएका बज्राचार्यलाई महत्वपूर्ण जिम्मेवारी दिइएको हो। उपत्यका प्रहरी कार्यालय प्रमुखका रुपमा उनले करिव ५ महिना काम गर्नेछिन्। उनी पुस १६ गते अनिवार्य अवकास हुनेछिन्।

सीआईबी प्रमुख ज्ञवालीको सरुवा

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .