ad ad

राजनीति


मन्त्रिपरिषद बैठक : श्रम अदालतको अध्यक्षमा न्यायाधीश जनक पाण्डे

मन्त्रिपरिषद बैठक : श्रम अदालतको अध्यक्षमा न्यायाधीश जनक पाण्डे

नेपालखबर
साउन २२, २०८१ मंगलबार २०:१२, काठमाडौँ

सरकारले श्रम अदालतको अध्यक्षमा न्यायाधीश जनक पाण्डेलाई तोकेको छ।

मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो।

न्याय परिषद्को साउन १५ गते बसेको बैठकले पाण्डेलाई उक्त जिम्मेवारीमा पठाउन सिफारिस गरेको थियो।

पाण्डे सुर्खेत उच्च अदालतमा दरबन्दी भई काठमाडौँस्थित श्रम अदालतमा काम गर्नेछन्।

पाण्डे पाटन उच्च अदालतमा छँदा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई धरौटीमा छाड्ने राय दिएका थिए। सोही इजलासका अर्का न्यायाधीशले थुनामा पठाउने आदेश गर्दा रायबाझी भएको थियो। पछि तेस्रो न्यायाधीशको इजलासबाट खाँण धरौटीमा छुटेका थिए। पूर्वगृहमन्त्री खाँण नक्कली भुटानी शरणार्थी काण्डका मुख्य अभियुक्तमध्येका एक हुन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .